काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेविरुद्ध राज्यका अंग प्रयोग भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसमा मंगलबार अनेमसंघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘नेकपा एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग भएइरहेका छन्,’ उनले भने,‘अदालत प्रयोग भएको छ। सभामुखको भूमिका देख्नुभयो। सभामुखको तर्फबाट नियम कानुन भन्ने कुनै मतलब नै छैन। मनपरी स्वेच्छाचारी चलेको छ।’
उनले पार्टीको केन्द्रीय कमिटीले निर्णय गरेर कारबाही गरेकाहरुको सूचना नटाँस्ने काम गरेको बताए। ‘दुई तिहाइको पार्टी फुटाउने, आफ्नो सरकार ढालेर दक्षिणपन्थीको पाउ मोल्न जानेहरुलाई कारबाही गर्दा पनि सभामुखको भूमिका राम्रो भएन्,’ उनले भने, ‘अदालत, निर्वाचन आयोग देखि संसद् र सरकारसम्म एमालेविरुद्ध लागेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।