काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौंथो इभेन्ट आजदेखि सुरु भएको छ। चार दिनसम्म चल्ने प्रतियोगितामा फाइनल खेलबाट १८ भन्दा बढी होल हुनेछ भने जम्मा ३६ होलमा खेलाइनेछ।
पहिलो दिनको पहिलो चरणमा फागुन २४ गते ८ वटा खेल हुनेछ। अन्तिम दिन फाइनल हुनेछ। प्रतियोगितमाा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन्। चौंथो हुनेले १८ हजार पाउनेछ।
यसैगरी, क्वाटरफाइनलका चार खेलाडीले जनही १० हजार रुपैयाँ र पहिलो राउण्डको खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताको सम्पूर्ण प्रायोजन सूर्य नेपाल प्रालिले गरेको हो।
गत पूर्ण सिजन २०१८–१९ का शीर्ष वरीयताका खेलाडी भुवन नगरकोटी, १८औं वरीयताका सचिन भट्टराई, दोस्रो वरीयताका शिवराम श्रेष्ठ र १४औं वरीयताका दीपक आचार्यले प्रतियोगितामा भाग लिएनन्।
त्यसैले, तेस्रो वरीयताका विकास अधिकारी १७औं वरीयताका शिवकुमार माझीसँग जोडिएका छन्। चौंथो वरीयताका सञ्जय लामा १६औं वरीयताका रामकृष्ण श्रेष्ठसँग खेल्दैछन्।
पाँचौं वरीयताका धन थापाले १५औं वरीयताका बलभद्र राईसँग खेल्नेछन्। छैटौं वरीयताका रामे मगर १३औं वरीयताका भुवनकुमार रोक्कासँग खेल्ने भएका छन्।
सातौं वरीयताका जयराम श्रेष्ठ १२औं वरीयताका कृष्णमान राजबाहकसँग प्रतिस्पर्धा गर्दैछन्। आठौं वरीयताका रवि खड्काले ११औं वरीयताका दीपक मगरसँग खेल्दैछन्। नवौं वरीयताका दिनेश प्रजापतिले १०औं वरीयताका सूर्यप्रसाद शर्मासँग खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।