काठमाडौं– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले पार्टीलाई सुदृढ र बलियो शक्तिका रूपमा स्थापित गर्न तत्कालीन कार्ययोजना अघि सारेको छ। बुधबारदेखि सुरु हुने पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा पेश हुने अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमा कार्ययोजना समावेश गरिएको छ।
सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा पोलिटब्यूरो सदस्यहरुले उठाएका विषयसमेत केही समेटेर बुधबारको बैठकमा पेश हुनेछ। ‘केन्द्रीय कमिटीको प्रथम बैठकबाट पारित राजनीतिक प्रस्तावमा ‘दलाल नोकरशाही पूंजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्न र सामन्तवादको अवशेषका रूपमा रहेका आर्थिक शोषण, कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तत्कालीन मुख्य कार्यभार हुन’ भनिएको छ ।
ठोस राजनीतिक परिस्थिति आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनतर्फ राजनीतिक शक्तिहरू उन्मुख रहेको भन्दै निर्वाचनमा एकातर्फ प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्तिहरू हुने र अर्कोतर्फ लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिहरू हुने प्रतिवेदनमा उल्लेख छ।
नेकपा एकीकृत समाजवादीले पार्टी कमिटीको पूर्णता र विस्तारलाई प्राथमिकतामा राखेको छ। ‘स्थानीय तहको निर्वाचन गाउँ तथा नगरपालिका र तिनका बडाहरूमा हुन्छ । जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन । हामीले सवै वडामा त के सवै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं । कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं । यस्तो स्थिति अब रहिरहनु हुँदैन,’अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन्,‘गठन भैसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ।’
यस्तै जनसङगठनहरूको विस्तार गर्ने पनि कार्ययोजना बनाइएको छ। भने संगठन निर्माणका साथसाथै जन परिचालन समेत गर्ने गरी अघि बढ्ने तयारी छ। पार्टी पंक्तिमा विचार प्रवाह गर्न प्रशिक्षण अभियान पनि सञ्चालन गरिने भएको छ। त्यस्तै एकीकृत समाजवादीले प्रचारात्मक कामलाई पनि तीव्रता दिने तयारी गरेको छ।
समाजवादीले आर्थिक श्रोत पार्टी निर्माणको महत्वपूर्ण आधार भएकाले आर्थिक संकलन कार्यलाई पनि अघि बढाउने योजना बनाएको छ। ‘आर्थिक संकलनको काममा ध्यान दिइएन भने पार्टी निर्माण र विस्तार अभियान अगाडि बढ्न नै सक्तैन । त्यसैले पार्टी र जन सङ्गठनका हरेक कमिटीले आर्थिक संकलन योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ । निर्वाचनको बेला निर्वाचन परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ,’प्रतिवेदनमा भनिएको छ।
एकीकृत समाजवादीले अभिलेख व्यवस्थापनको कामलाई पनि प्रभावकारी बनाएर अघि बढाइने जनाएको छ। आगामी निर्वाचनको तयारी मुख्य काम भएको भन्दै अध्यक्ष नेपालको प्रतिवेदनमा निर्वाचन घोषणा पत्रको लेखन, निर्वाचन निर्देशिकाको निर्माण, उम्मेदवारका मापदण्डको निर्धारण र उम्मेदवार छनोट प्रक्रियाको निर्धारण तथा निर्वाचन परिचालन तथा सहयोग समिति बनाएर केन्द्रीत हुने उल्लेख छ।
यस्तो छ प्रतिवेदन
%20pratibedan/cpn%20(%20s)%20pratibedan/1.jpg)

%20pratibedan/3.jpg)
%20pratibedan/cpn%20(%20s)%20pratibedan/4.jpg)
%20pratibedan/cpn%20(%20s)%20pratibedan/5.jpg)
%20pratibedan/cpn%20(%20s)%20pratibedan/6.jpg)
%20pratibedan/cpn%20(%20s)%20pratibedan/7.jpg)
%20pratibedan/cpn%20(%20s)%20pratibedan/8.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।