काठमाडौं- नेपाल बार एशोसिएशनको अध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ। चैत १९ गते हुने निर्वाचनका लागि अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको हो।
निर्वाचन समितिका अनुसार प्रदेश उपाध्यक्षमा १९ जना, महिला उपाध्यक्षमा ४, महासचिवमा ७, कोषाध्यक्षमा ३ र १४ सदस्यका लागि ४५ जनाको मनोनयन दर्ता भएको छ।
बृहत लोकतान्त्रिक समूह वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ। यस्तै, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्रगतिशील समूह चुनावी प्रतिस्पर्धामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।