काठमाडौं- नेकपा (माओवादी केन्द्र)को अर्को केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ। गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई मात्रै पूर्णता दिएको छ।
अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए। एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ।
माओवादी केन्द्रको बैठक गत शुक्रबारदेखि सुरु भएको हो। पदाधिकारी, केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने अपेक्षा गरिएको थियो। तर, विवाद हुने विषय भएकाले ती विषयलाई जेठमा सारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।