काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्काले कुनै पनि ठूला देशले साना देशको सार्वभौमिकता हनन गर्न नहुने नीति अन्तर्गत नै नेपालले युक्रेनको पक्षमा मतदान गर्ने र विज्ञप्ति जारी गर्ने काम गरेको दाबी गरेका छन्।
सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले नेपालले कुनै पनि गुट वा देशको पक्ष नलिएको र यो नै नेपालको असंलग्न परराष्ट्र नीति अन्र्तगत नै भएको दाबी गरे। उनले युक्रेनमा भएको आक्रमणले ठूला र साना देशकाबीचको सम्बन्धलाई समेत खलल पूर्याउने देखिएकाले बिरोध गरेको दाबी गरे।
यसलाई असंलग्न परराष्ट्र नीति अन्तर्गत भएको र कुनै गुटलाई समातेको र छोडेको भनेर बुझ्न नमिल्ने उनले बताए । मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र संविधान अन्तर्गत नेपालले बिरोध र मतदान गरेको उनले बताए।
संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को आपतकालीन बैठकमा हरेक स्वतन्त्र राष्ट्रको सार्वभौमिकता स्वीकार गर्नपर्छ भनेर जोडदार रुपमा युक्रेनको पक्षमा आफ्नो अडान राखेको उनले दाबी गरे।
विदेशमन्त्री खड्काले ५३३ जना नेपालीहरु युक्रेन बाहिरिएको जानकारी दिए। युक्रेनबाट वाहिरिएका उनीहरु पोल्याण, हङ्गेरी लगायतका देशहरुमा रहेको उनले बताए।
एमसीसी अनुमोदन भएको र यसका कार्यक्रम अघि वढ्ने भएकाले मन्त्रालय खुशी नै रहेको उनले बताए। एमसीसी बारेमा परराष्ट्र मन्त्रालयको भूमिका वेवास्था गरिएको नभई सक्रिय रहेको उनको भनाइ थियो।
आफू भोली टर्कीको महत्वपूर्ण फोरममा सहभागी हुन गइरहेको भन्दै नेपालको रोजगारी गतब्यको रुपमा खुल्ला गर्न आफूले पहल गर्ने उनले बताए। त्यस्तै मार्चको ३० तारिखमा वि मिस्टेकको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भन्दै उनले यो नेपालका लागि महत्वपूर्ण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।