गंगा दाहाल र जीवन आचार्य।
काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई विस्तार गर्ने तयारी गरेको छ। जारी केन्द्री समिति बैठकबाट ९७ जना केन्द्रीय सदस्य थप्ने माओवादीको तयारी छ।
त्यसमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्जा सिंहदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहाल र ज्वाइँ (गंगाका पति) जीवन आचार्यसम्मलाई प्रस्ताव गरिएको छ।
प्रचण्डले यसअघि नै छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई केन्द्रीय सदस्य बनाइसकेका छ्न्।
यस्तै, विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, तिलक भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटालगायतको नाम पनि केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ।
त्यसैगरी, सन्तोष बिष्ट र रत्न ढकाल पनि विद्यार्थी नेताबाट केन्द्रीय सदस्य बन्नेमा प्रस्तावित छन्। यसअघि यी विद्यार्थी नेतालाई केन्द्रीय सदस्य बनाउने भनिएपनि बनाइएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।