काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसीमाथि नेताहरुको 'नोट अफ डिसेन्ट' पार्टीको सम्पत्ति भएको बताएका छन्।
शुक्रबारबाट सुरु केन्द्रीय समितिको पूर्ण बैठकमा तीन नेताले पार्टी महाधिवेशन विपरित एमसीसी पारित गर्ने निर्णय गरिएको भन्दै असहमति जनाएका थिए।
यसरी लिखित सहमति राख्नेहरुमा देव गुरुङ, कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल रहेका छन्।
अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा तीन जनाले राखेको एमसीसी सम्बन्धी नोट अफ डिसेन्ट पार्टीको सम्पत्ति रहेको र यसलाई संरक्षण गरेर राखिने बताए।
'यो विषयमा स्थानीय निर्वाचनपछि छलफल हुने छ' उनले भने, 'पार्टीमा मतभेद हुनु सामान्य हो, मिलाएर जान सकिन्छ।'
केन्द्रीय समितिलाई पूर्णता दिँदै बैठक आज सक्ने तयारी माओवादीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।