काठमाडौं– एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा विस्तारित काउण्टर सञ्चालन गरेको छ।
उक्त काउन्टरको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले उद्घाटन गरेका हुन्।
सरकार तथा निजी क्षेत्रको सहकार्य बेलबारीमा नगद रहित सेवा सुरु गरिएको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सेवाग्राहीलाई वित्तीय सेवा लिन अनुरोध गरेका छन्।
बैंकले हाल देशभर १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएममार्फत वित्तीय सेवा प्रदान गदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।