काठमाडौं– नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा विद्यार्थी, युवा र मजदुरका नेता पनि बोलाइएका छन्। रमेश मल्ल, रञ्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम, तिलक भण्डारीलगायत नेतालाई बैठकमा आउन आग्रह गरेपछि उनीहरू सहभागी भएका छ्न्।
अरु कुन कुन नेतालाई केन्द्रीय समिति बैठकमा बोलाएको छ भन्ने खुलाएको छैन। आफूलाई बोलाएपछि बैठकमा सहभागी भएको उत्तम अधिकारीले बताए।
माओवादीमा हाल २४६ केन्द्रीय सदस्य छन्। विधान बमोजिम ३०१ केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।
गत शुक्रबारदेखि सुरु भएको बैठक आज केन्द्रीय समितिलाई पूर्णता दिएर सकाउने तयारी गरिएको एक नेताले बताए। बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरूबीच अनौपचारिक छलफल भएको थियो।
विभिन्न ६ अजेण्डासहित शुक्रबार सुरु बैठक २ दुई दिन स्थगित गरेर सोमबार सक्ने तयारी गरिएको हो।
पदाधिकारी चयन नहुने भएपछि दैनिक कार्य सञ्चालन गर्न केन्द्रीय कार्यालय टिम बनाउने गृहकार्यमा प्रचण्ड जुटेको एक नेताले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।