• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यी हुन् प्रतिनिधि सभाका निलम्बित पाँच सांसद: हत्या, बलात्कारदेखि भ्रष्टाचारसम्मका मुद्दा

64x64
दुर्गा दुलाल सोमबार, फागुन २३, २०७८  १९:५५
1140x725

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन भएको चार वर्ष नाघ्दा अहिले पाँच सांसद निलम्बनमा छन्। नेकपा (एमाले)का सांसद मोहन बानियाँ फागुन २२ मा निलम्बनमा परेपछि निलम्बित सांसदको संख्या पाँच पुगेको हो।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का दुई-दुई र एमालेका एक सांसद निलम्बित छन्। निलम्बित हुनेमा कांग्रेसका विजयकुमार गच्छादार र मोहमद अफताव आलम, जसपाका रेशम चौधरी र हरिनारायण चौधरी तथा एमालेका मोहन बानियाँ छन्। 

प्रतिनिधिसभा २७५ सदस्यीय छ। त्यसमध्ये माओवादी केन्द्रका चार सांसद् पदमुक्त भएका छन्। त्यसैले अहिले प्रतिनिधिसभा २७१ सदस्यीय मात्र छ। तीमध्ये पनि पाँच जना निलम्बित भएकाले २६६ सांसदले मात्र बैठकमा भाग लिन पाउँछन्। 

कोही पनि सांसद फौजदारी अभियोगमा पक्राउ भएपछि प्रहरीले त्यसबारे सम्बन्धित संसदलाई जानकारी गराउनुपर्छ। त्यसबारे सभामुखले सदनलाई जानकारी गराएपछि त्यस्ता सांसद निलम्बन हुने व्यवस्था छ। भ्रष्टाचार मुद्दामा भने अख्तियारले संसद सचिवालयलाई जानकारी दिएपछि निलम्बन हुने व्यवस्था छ।

पक्राउ परेका सांसद हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा निलम्बनमा पर्ने प्रतिनिधि सभा नियमावलीको नियम २२४ मा उल्लेख छ। त्यस्तै फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैद सजाय हुने ठहर भएमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तानी गरिरहेकोमा सो अवधिभर स्वतः निलम्बन भएको मानिने नियमावलीमा उल्लेख छ।

मोहन बानियाँ : शिक्षिका बलात्कार आरोपमा पक्राउ
एमालेबाट निर्वाचित मुगुका समानुपातिक सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका हुन्। जुम्लाकी एक शिक्षिकालाई २५ लाख रुपैयाँ सापटी फिर्ता दिन भन्दै नेपालगञ्ज बोलाएर बलात्कार गरेको उनीविरुद्धको उजुरीमा उल्लेख छ। 

नेपालगञ्जको अप्सरा होटलमा आफूमाथि बानियाँले पटकपटक बलात्कार गरेको ४० वर्षकी ती शिक्षिकाले उल्लेख गरेकी छिन्। उजुरीपछि प्रहरीले उपस्थितिका लागि पटकपटक आग्रह गरे पनि बानियाँले अटेर गरेका थिए। काठमाडौं आउन लागेको बेला गएको फागुन १६ गते प्रहरीले उनलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो। 

प्रहरीले जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको जानकारी संघीय संसदलाई गराएपछि प्रतिनिधिसभा बैठकमा सभामुखले निलम्बनको सूचना सुनाएका थिए। अब प्रहरीले उनको मुद्दामा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्ने छ। उक्त प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय बाँकेले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नेछ।

nimb
nimb

मुद्दा चलाउने निर्णय भए सरकारी वकिलको कार्यालयले जिल्ला अदालत बाँकेमा मुद्दा दायर गर्नेछ। त्यसपछि उनीविरुद्ध थुनछेक बहस हुने छ। बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्ने छ। 

मोहमद अफताब आलम : इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप
रौतहटबाट निर्वाचित कांग्रेस सांसद मोहमद अफताब आलम कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाएको थियो।

२०६४ चैत २७ गते रौतहटको राजपुरस्थित खरदवामा भएको बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेको छ। पहिलो संविधानसभाको अघिल्लो दिन २०६४ चैत २७ मा आलमका काका शेख इद्रिशको घरमा विष्फोट भएको थियो। विष्फोटमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसिअख्तर मियाँलाई जिउँदै भट्टामा हालेको आरोपमा उनीमाथि मुद्दा चलेको हो।

घटनाको करिब १२ वर्षपछि २०७६ असोज २६ मा उनी पक्राउ परेका हुन्। त्यसअघि उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। उनीविरुद्धको कर्तव्य ज्यानको मुद्दा जिल्ला अदालत रौतहटमा विचाराधीन छ। उनलाई जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध उनी उच्च अदालत वीरगञ्ज पुगेका थिए। तर, उच्च अदालतले २०७६ माघ २४ मा जिल्ला अदालतकै आदेश सदर गरेको थियो। 

रेशम चौधरी : सर्वश्वसहित जन्मकैदको फैसला
कैलाली क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित जसपा सांसद रेशम चौधरी एक पटक पनि प्रतिनिधि सभा बैठकमा सहभागी हुन पाएका छैनन्। उनी २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा भएको आठ जनाको हत्याका मुख्य अभियुक्त हुन्। 

उनी २०७६ सालमा प्रतिनिधिसभा उम्मेदवार बन्दा नै फरार अभियुक्त थिए। थरुहट आन्दोलनमा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको हत्या भएको मुद्दामा उनी २०७४ फागुन १४ मा जिल्ला अदालत कैलालीमा हाजिर भएका थिए। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि त्यही अदालतले रेशमसमेत ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये सात जनाको सजाय सदर गरेको छ भने चार जनाको घटाएको छ। उनलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ।

चौधरीले जिल्लाको फैसला सदर गर्ने उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। उक्त पुनरावेदन मुद्दामा सर्वोच्चमा एक पटक पनि सुनुवाइ भएको छैन। सर्वोच्चले पनि जिल्ला र उच्चको फैसला सदर गरेमा उनी निलम्बन भएरै प्रतिनिधि सभाको कार्यकाल बिताउने छन्। तत्काल सफाइ दिने फैसला सुनाएमा मात्र उनी प्रतिनिधि सभामा उपस्थित हुन पाउने छन्।

हरिनारायाण चौधरी : पुल निर्माणमा भ्रष्टाचार
पप्पु कन्ट्रक्सनका मालिक रहेका सांसद हरिनारायण चौधरीले कम्पनीको स्वामित्व छोराको नाममा सारे पनि भ्रष्टाचार मुद्दाबाट उम्कन सकेनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रतिनिधिसभाले उनलाई निलम्बन गरेको हो। उनी निवम्बन फुकुवाका लागि सर्वोच्च अदालतसम्म पुगे। तर, अदालतले उनको पक्षमा आदेश जारी गरेन। उनको उक्त मुद्दा अझै पनि सर्वोच्चमा विचाराधीन छ। 

उनी तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा–३ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।  देशभरका पुल निर्माण अलपत्र पारेको पप्पुका अध्यक्षसहित १२ जनाविरुद्ध २०७५ असोज १९ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो। त्यसपछि करिब दुई वर्ष निलम्बनमा परेपछि उनी सर्वोच्च पुगेका थिए। 

बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो। पुल गुणस्तरहीन भएको भन्दै सर्वत्र विरोध भएपछि अख्तियारले अनुसन्धान थालेको थियो। पुल बनाउँदाखेरि नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

विजयकुमार गच्छदार : ललिता निवासको जग्गामा भ्रष्टाचार मुद्दा
कांग्रेसका तत्कालीन उपसभापति विजयकुमार गच्छादारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका हुन्। ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएपछि संघीय संसदले गच्छदारलाई निलम्बन गरेको हो। उनी सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन्।

गच्छदार २०७८ असार ३० मा १० लाख रुपैयाँ बुझाइ धरौटीमा रिहा भएका छन्। गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले उनीमाथि नौ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको छ। 

२०६६ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकको प्रस्ताव नं.३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयमा गच्छादारले भौतिक योजना तथा निर्माण मन्त्रालयका तर्फबाट प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले उक्त प्रस्तावलाई  स्वीकृत गरेका थिए। नक्कली मोही खडा गरी मन्त्रिपरिषदमा  प्रस्ताव पठाएको र समरजंग कम्पनी, राजकुलो र बाटोको जग्गा दिने भनेर मन्त्रिपरिषदबाट निर्णय गराएको आयोगको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : राहत र उद्धारका लागि कुन राजनीतिक दलले कति सहयोग गरे? आइतबार, भदौ १४, २०८३
भारतबाट आएको सुरुङ विज्ञ टोली र नेपाली सेनाको टोलीले चिलिमेको सुरुङबाट दुई शव निकाले आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे आइतबार, भदौ १४, २०८३
विपद्पछि एनसेलका २४ मोबाइल टावर सञ्चालनमा, तीन साइट अझै बन्द आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्