काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। गत शुक्रबारदेखि सुरु भएको बैठक आज केन्द्रीय समितिलाई पूर्णता दिएर सकाउने तयारी गरिएको एक नेताले बताए। बिहान ११ बजेका लागि तय भएको भर्खर सुरु भएको हो।
बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरूबीच अनौपचारिक छलफल भएको थियो। विभिन्न ६ अजेण्डासहित शुक्रबार सुरु बैठक २ दुई दिन स्थगित गरेर सोमबार सक्ने तयारी गरिएको हो। गतबैठकमा ६ अजेण्डामा छलफल गर्ने प्रस्ताव गरिएको थियो। जसमा अध्यक्षको तर्फबाट रिर्पोटिङ गर्ने, एमसीसीबारे छलफल गर्ने, संगठनबारे काम गर्ने भनिएको थियो।
संगठनात्मक काममा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने प्रस्ताव गरिएको थियो। यस्तै, अर्को अजेण्डामा पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन तयारीका विषय थिए। गत शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले रिर्पोटिङ र नेता नारायणकाजी श्रेष्ठले एमसीसी बारेमा धारणा राखे। अब सोमबार बस्ने केन्द्रीय समिति बैठकमा अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सक्ने तयारी गरिएको छ।
यस्तै, अब पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो तत्काल नबनाइने ती नेताले बताए। विधान बमोजिम ३०१ जना केन्द्रीय सदस्य बनाउने भनिएपनि अहिलेसम्म २४६ जना मात्रै बनाइएको छ।
पदाधिकारी चयन नहुने भएपछि दैनिक कार्य सञ्चालन गर्न केन्द्रीय कार्यालय टिम बनाउने गृहकार्यमा प्रचण्ड जुटेको एक नेताले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।