• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मुख्य योजनाकार मण्डलको बयान–लिम्बूबारे सोधखोज गर्न थालेपछि श्रेष्ठ र चौधरी पनि मारिए

३ लाखको सुपारीमा डिल, ८० हजार लिएर हत्या
64x64
नेपाल लाइभ सोमबार, फागुन २३, २०७८  ११:१९
1140x725

काठमाडौं– तीन व्यवसायी हत्या प्रकरणका मुख्य योजनाकार अनिलकुमार मण्डलले हत्या गरिएका मोहन लिम्बूको सोधखोज गर्न थालेपछि मात्रै अन्य दुई व्यवसायीको हत्या गरेको बयान दिएका छन्।

तीन व्यवसायी (राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरी र मोहन लिम्बू) हत्याको आरोपमा पक्राउ परेर जिल्ला अदालत मोरङमा थुनछेक बहस भइरहेका हत्या आरोपी तथा मुख्य योजनाकार सिरहा नगरपालिका–२१ का २९ वर्षीय मण्डलले कमिशनमा कुरो नमिल्दा लिम्बूको हत्या गरिएको बताएका छन्। आफूले हत्या गरेका लिम्बूको बारेमा नै श्रेष्ठ र चौधरीले सोधखोज गर्न थालेपछि उनीहरु टार्गेटमा परेको मण्डलले बयान दिएका छन्।

मण्डलसँगै मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षकै दिनानाथ सोनार, मोरङकै धनपालथान गाउँपालिका–७ का ६३ वर्षीय नासिर मियाँ, सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का १८ वर्षीय मोहमद हकिम मनसुरी, मोरङको रंगेली नगरपालिका–३ का ३५ वर्षीय मोहमद सुभान मनसुरीलाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएको छ।

उनीहरुको मुद्दामा अहिले थुनछेक बहस भइरहेको छ। घटनामा संलग्न रही फरार भनिएका मोरङको धनपाल गाउँपालिका–७ का ५७ वर्षीय मोहमद सहिद मियाँलाई फरार प्रतिवादी बनाएर मुद्दा पेस भएको छ।

यो पनि पढ्नुहोस्

मोहनको हत्या गरिसकेपछि खोज्न जाऔं भन्दै राजेन्द्र र शम्भुलाई मोरङ पुर्‍याएर हत्या 

प्रहरी समक्ष बयानमा हत्याको मुख्य कारण कमिशन रहेको मण्डलले खुलाएका छन्। ठगी आरोपमा नख्खु कारागारमा जेल परेपछि त्यहीँ दिनानाथ सोनारसँग चिनजान भएको मण्डलले बताएका छन्। उनकै सहयोगमा अन्य व्यक्तिसमेत जम्मा गरेर तीन व्यवसायीको हत्या गरिएको उनको भनाइ छ।

हाल मृतक राजन भन्ने राजेन्द्र कुमार श्रेष्ठसँग जग्गा खरिद बिक्री गर्ने क्रममा भेट भई चिनजान भएपछि उनी मार्फत नै उनका साथीहरु मोहन लिम्वु र शम्भु कुमार चौधरीसँग कामको सिलसिलामा भेट भई मण्डलको चिनजान भएको थियो।

यस्तो छ मण्डलको बयान 

मैले कामको सिलसिलामा चिनेका भरत खड्का भन्ने व्यक्तिले ललितपुरस्थित हरिसिद्धी भन्ने स्थानमा रहेको एनबी बर्ता हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको नाममा रहेको २५ रोपनी ७ आना जग्गा शम्भु चौधरीको कम्पनी सरस्वती कन्ट्रक्सन कम्पनी प्रालिको नाममा धितो पास गरिदिने र त्यस बापत १८ प्रतिशत ब्याजमा कम्तिमा ५५ देखि ६० करोड पैसा दिने, पार्टी खोजी प्रक्रिया मिलाएमा कुल प्राप्त हुने रकमको ३ प्रतिशतसम्म कमिसन दिने बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि मैले त्यो काम गर्छु भनि राजन भन्ने राजेन्द्र कुमार श्रेष्ठलाई बताएपछि उनले शम्भु कुमार चौधरी समेतको बाटोको काम पश्चिम तिर भइरहेको छ, बैंक ग्यारेन्टी र लोनको लागि सो जग्गा उपयुक्त हुन्छ भनि उक्त कुरा शम्भु कुमार चौधरी र मोहन लिम्बुलाई समेत बताएपछि उनीहरु त्यो काम गर्न तयार भएका थिए। उनीहरुले समेत सो जग्गा माछापुच्छ्रे बैंकमा राखि १ अर्बको बैंक ग्यारेन्टी र ८० करोड रुपैंया लोन लिने तयारी गरेका थिए। उक्त कामको प्रक्रिया मिलाउनको लागि भरत खड्काले मलाई १८ लाख रुपैयाँ समेत दिएका थिए। 

No description available.
हत्याका मुख्य योजनाकार मण्डल

सोहि जग्गाको कामको सिलसिलामा शम्भु कुमार चौधरी, राजेन्द्र कुमार श्रेष्ठ र मोहन लिम्बुसँग कुराकानी हुँदा मोहन लिम्बुले कमिशन बापत आउने रकमको आधा हिस्सा आफूलाई चाहिने, बाँकि आधा हिस्सा हामीहरु तीन जनाले बाँडेर लिनुपर्ने कुरा गर्न थालेपछि कमिशनको विषयमा मनमुटाव सुरु भएको थियो। मैले प्राप्त हुने कमिशन सबै जनाले बराबर लिने कुरा गर्दा समेत मोहन लिम्बुले ५० प्रतिशत हिस्सा नछाड्ने बरु सबै प्रक्रिया म आफैं मिलाउछु भन्ने कुरा गर्न थाले। उता शम्भु कुमार चौधरी र राजेन्द्र कुमार श्रेष्ठ समेत मोहनकै कुरामा लाग्न थालेकोले मैले कमिशन वापत पाउने कम्तिमा ३५ रकम एकलौटी गर्नको लागि मोहन लिम्वुको हत्या गरी राजन भन्ने राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरी मार्फत् काम गर्ने योजना बनाएँ। 

त्यसपछि मैले कारागारमा थुनामा बस्दा चिनजान भएका काठमाडौं तिर लसुन प्याजको व्यापार गर्ने अमित भन्ने दिनानाथ सोनारलाई मेरो बल्खु स्थित कोठामा बोलाई सबै कुरा भनेपछि निजले हत्या गर्ने मान्छेहरु खोजेर ल्याइ हत्या गरियो। 

३ लाखमा डिल, ५० हजार लिएर हत्या

दिनानाथकै सहयोगमा हत्या गर्ने तयारी भएपछि मैले उक्त जग्गाको काम गरे बापत प्राप्त हुने कम्तिमा ३५ प्रतिशत कमिशन रकमको ५० प्रतिशत दिन्छु भन्दा काम गर्नको लागि कम्तिमा ४/५ जना अन्य व्यक्तिहरु ल्याउनुपर्ने र उनीहरुलाई पनि पैसा दिनुपर्ने कुरा हुँदा काम भएपछि सबैलाई ३/३ लाखको दरले दिने कुरा भएको थियो। त्यसपछि अमित भन्ने दिनानाथ सोनार बिराटनगर तिर आएको थियो। कामको तयारीको लागि मान्छेहरुलाई एडभान्स रकम पनि दिनुपर्ने र अरु खर्च पनि आउने कुरा अमित भन्ने दिनानाथ सोनारले बताए पछी आफूले अमित भन्ने दिनानाथ सोनारलाई काठमाडौबाट आइएमई गरी ८० हजार पठाएको थियो। 

मंसिर महिनाको अन्तिम साताको सुरु तिर अमित भन्ने दिनानाथ सोनारले मोरङबाट अन्य मानिसहरु समेत लिएर काठमाडौ आएपछि सोनारसहित उनीसँग आएका अन्य ४ जना व्यक्तिहरुलाई ठेचोस्थित मैले भाडामा लिएको गोदाम सहितको घरमा राखेँ। उनीहरु नासिर मिया, सुभान मिया, हकिम मिया, सहिद मिया नाम गरेका व्यक्तिहरु रहेछन्। सो बेला समेत निजहरुले पैसाको कुरा गर्दा मैले काम हुनासाथ तत्काल सबैले ३/३ लाखको दरले पाउने बताएको थिएँ। काम पक्का हुनुपर्छ कसैले पनि अत्तोपत्तो नपाउने गरी जमिनमा गहिरो खाल्डो खनि पुरी सिमेन्टले ढलान गर्नुपर्छ भन्ने सल्लाह मैले दिएको थिएँ। त्यसैअनुसार म र अमित बजार गई नयाँ गाम्छा, आयो नुन, खन्ने गैंची, बेल्चा र २ बोरा सिमेन्ट समेत किनेर लयाएका थियौं। 

मंसिर २८ गते मैले मोहन लिम्बुलाई कामको सिलासिलामा भेट गर्नको लागि मेरो गोदाम घरमा बोलाएको थिए। म र राजन भन्ने राजेन्द्र कुमार श्रेष्ठ वल्खु स्थितमा रहेको जग्गासम्बन्धी कारोबार गर्ने अफिसमा थियौ सोही दिन मोहन लिम्वुलाई दिनानाथ सोनार र उनले ल्याएका अन्य मानिसहरु समेत भई कर्तव्य गरी मारी खाल्डो खनि पुरेका हुन्।

मोहनको सोधखोज गरेपछि बाँकी दुई व्यवसायीको हत्या

मोहनको हत्यापछि राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीसँग मिलेर काम गर्ने योजना बनाएको थिएँ। राजेन्द्रसँग कुरा गर्दा उनले मेरो जग्गाको काम धरान विराटनगरमा छ, मेरो आफन्त बृद्ध हुनुहुन्छ, भेटघाट पनि गर्नुछ उतै जाउ घुमफिर पनि हुन्छ कामको कुरा पनि हुन्छ भनि उनी आफैं लाजिम्पाटस्थित गाडी भाडामा पाईने वर्कशपबाट वा ९ च ८११५ नम्वरको कार भाडामा लिएर आए। उनैले उक्त कार चलाई कारमा म र उनको साथी शम्भु कुमार चौधरी समेत सोही रात काठमाण्डौबाट विराटनगरको लागि हिँड्यौं। 

भोलिपल्ट २९ गते भेडेटार धरान घुम्दै वेलुकीको समयमा विराटनगरस्थित वसपार्क नजिकै रहेको मेट्रोसिटी होटल एण्ड लजमा एउटा कोठा भाडामा लिई सिंगल बेडमा म सुत्ने र डवल वेडमा राजन र शम्भु सुत्ने वस्ने गर्दै आएका थियौं। सोही क्रममा निजहरुले कामको लागि मोहन लिम्बु हुनै पर्ने भनि लिम्बुको बारेमा धेरै सोधिखोजी गर्न थाले। त्यसपछि मैले उनीहरुलाई नमारे आफू फस्न सक्ने बिचार गरी उनीहरुलाई समेत मार्ने योजना बनाउन थाले। 

बिराटनगर स्थित महेन्द्र चौकको नजिक रहेको सातु पसलको छेउमा बसी राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार चौधरीलाई मार्ने योजना बनाउँदै आएका थियौं। अमित भन्ने दिनानाथ सोनारले आफ्नो घर नजिक सुनसान एकान्त उखुबारी रहेको अन्य साथीहरु पनि त्यहाँ भेला हुन सजिलो हुने र काम गर्न सजिलो हुने बताए। सोही योजना अनुसार श्रेष्ठ र चौधरीको पनि हत्या गरिएको हो। 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्