काठमाडौं– हाल देशको उच्च पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (सोमबार) दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति पनि सामान्यता मौसम सफा रहने महाशाखाको भनाय छ। केही उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।