काठमाडौं- विवेकशील साझा पार्टीका नेता अमृतराज वैद्य नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार आफ्नो निवास बालकोटमा उनीसहित केही नेेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन्।
वैद्य विवेकशिल साझा पार्टीको काठमाडौं अध्यक्ष र बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेको एमालेले जनाएको छ। तर, विवेकशीलले भने उनी कहिले पनि काठमाडौं संयोजक नरहेको विज्ञप्ति जारी गर्दै जनाएको छ।
‘विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एमालेमा प्रवेश भनि कतिपय सञ्चारमाध्यममा प्रकाशित खबर पूर्णतस् असत्य र भ्रमपूर्ण छ। एमाले प्रवेश गरेका भनिएका व्यक्ति विवेकशील साझा पार्टीको कहिल्यै पनि जिल्ला संयोजक पदमा चयन नभएको र हाल उनी सदस्यसमेत नरहेको स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।