काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन्।
उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।
नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन बुझाइएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि बुझाएका छन्।
उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।