काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जनयुद्धले स्थापित गरेको अजेण्डा कार्यन्वयन गर्न लडिरहने बताएका छन्।
नेकपा माओवादीको शहीद सप्ताह कार्यक्रमअन्तर्गत काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा शहीदहरुले जीवन समर्पण गरेकाले नै गणतन्त्र सम्भव भएको बताए।
अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै मन्त्री पौडेलले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा व्यक्त गरे ।
‘शहीदहरु आस्थाका धरोहर हुन्। राजनीतिक पार्टी, विचार वा सिद्धान्तले शहीदहरुलाई विभक्त गर्न मिल्दैन। जुनसुकै आन्दोलमा शहीद भएपनि शहीदहरुले देशकै लागि जीवन समर्पित गरेका हुन्,’ पौडेलले भने।
पौडेलले जनयुद्धमा शहीद भएकाहरुलाई 'आतकंकारी आन्दोलन'को रुपमा परिभाषित गरेर अपमानित गर्न खोजिएको बताए। शहीद र शहीद परिवारले गरेको त्याग उत्सर्गकै कारण राजतन्त्रको अन्त्य गरी मुलुक सघींय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पौडेलले दाबी गरे।
राजनीतिक अधिकार प्राप्तीका लागि जनयुद्ध कोशेढुगां सावित भएको भन्दै पौडेलले सबैखाले शहीद र उनका परिवारलाई समान व्यवहार गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।