काठमाडौं– बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनको निलम्बनको सूचना सुनाएका थिए।
उनलाई प्रहरीले फागुन १६ गते पक्राउ गरि अनुसन्धान गरिरहेको छ। एमाले सांसद बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्।
नेपालगञ्जको अप्सरा होटलमा बानियाँले बलत्कार गरेको ती महिलाको आरोप थियो। नेपालगञ्जको होटलमा बसेको समयमा सांसद बानियाँले आफूलाई पटक पटक जबरजस्तीकरणी गरेको उनको दाबी छ।
माघ १९ गते राति होटलमा बसेको समयमा आफूमाथि बानियाँले बलात्कार गरेको उनले उजुरीमा उल्लेख गरेकी छन्।
मुगुका बानियाँ एमालेको समानुपातिकतर्फका सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।