काठमाडौं– प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोगका लागि सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संसद्को अघिल्लो बैठक ७ मिनेट बसेर स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।