काठमाडौं– आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने भएको छ।
प्रतिनिधि सभाको बैठक अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाअभियोग सिफारिस समिति गठन गर्ने निर्णय भएको थियो।
समितिको निर्णयपछि प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने विषय पनि थपिएको छ।
प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएको छ। सत्तारुढ गठबन्धनका सांसद्हरुले फागुन १ गते नै राणाविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गराए पनि त्यसमाथिको कारबाही अगाडि बढ्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।