तस्बिर: कृष्ण न्यौपाने
काठमाडौं– तनहुँको सदरमुकाम दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकोप्टरको समेत परिचालन गरिएको छ।
काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरले अहिले पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
आइतबार बिहान व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आगलागी भएको हो। प्रहरीका अनुसार अनुसार भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो।
स्थानीयस्तरमा उपलब्ध दमकलको प्रयोगबाट आगो निभाउने प्रयास गरिए पनि नियन्त्रणमा नआएपछि काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो।
हेलिकोप्टरले मादी नदीको पानी ल्याएर दमौलीमा आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ।
तनहुँका सांसद् समेत रहेका श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ पनि हेलिकोप्टर सँगै तनहुँ पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।