काठमाडौं– तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो।
आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागेको हो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।