काठमाडौं– बलिउड अभिनेता सञ्जय लिला भन्सालीको नयाँ वेब सिरिजको छायांकन मार्चमा सुरु हुने भएको छ।
हाल सिनेमा हलमा लागिरहेको फिल्म ‘गंगुबाइ कठियाबाडी‘का निर्देशक रहेका भन्सालीको आगामी प्रोजेक्टका रुपमा वेब सिरिज ‘हीरामन्डी’को छायांकन मार्चमा हुने भएको हो।
‘नेटफिल्क्स’मार्फत रिलिज हुने भनएिको वेब सिरिजको छायांकन पूर्ण रुपमा भारतको मुम्बईस्थित फिल्म सिटिमा हुने बताइएको छ। सिरिजको छायांकनका लागि सेट १ करोड ७५ लाख रुपैयाँमा निर्माण गरिएको छ।
निर्देशक भन्सालीले यो वेब सिरिजलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार वेब सिरिजमा भारत स्वतन्त्र हुनुभन्दा अघि भारतको हीरामन्डी क्षेत्रमा रहेको सांस्कृतिक वास्तविकताको अन्वेषणमा आधारित कथा प्रस्तुत हुनेछ।
सिरिजमा प्रेम, बदला र राजनीतिको कथा देखाइनेछ। सिरिज कुल ९ एपिसोडमा प्रतिएपिसोड ९० मिनेटसम्म हुने बताइएको छ।
हालसम्म बताइएअनुसार सिरिजमा सोनाक्षी सिन्हा र हुमा कुरेसीको अभिनय हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।