फाइल तस्बिर
काठमाडौं– माओवादी केन्द्रका शीर्ष नेताको बैठक खुमलटारमा बसिरहेको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व स्थायी समिति सदस्य र केही केन्द्रीय नेता सहभागी रहेको एक नेताले बताए। बैठकमा जारी केन्द्रीय समिति बैठकका अजेन्डाका विषयमा छलफल भइरहेको छ।
शीर्ष नेताको बैठकमा बाँकी केन्द्रीय सदस्य, पोलिट्ब्युरो सदस्य, स्थायी समिति र पदाधिकारीका विषयमा टुंगो लगाउने विषयमा छलफल भएरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।