काठमाडौं– आइतबार (आज) बिहान ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ। आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए।
माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने मुख्यसचिव ढकालले जनाएका छन्। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
आजको बैठकको अन्य अजेन्डामा केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्नेलगायत रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।