काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताएका छन्।
जनकपुर साहित्य महोत्सवको समापन समारोहमा शनिबार महामन्त्री थापाले राजनीतिक संवाद कार्यक्रममा आफ्ना मन्तव्य व्यक्त गर्दै कुनै देश, क्षेत्र वा समुदायप्रति घृणा गर्ने प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा राष्ट्र निर्माणको अभियान बढाउन आफूहरू लागेको बताए।
कांग्रेसको सदस्यताको घेरा फराकिलो पारिने बताउँदै उनले भने, ‘कांग्रेसलाई आमजनताको पार्टी बनाउने अजेण्डा लिएर नै म मत पाएर कार्यकारी पदमा पुगेको हुँदा पार्टीको सदस्यताको घेरालाई फराकिलो पार्दै पार्टी सञ्चालन गर्ने पक्षमा रहेको छु।’
निर्वाचनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण निर्वाचन खर्च प्रणालीको व्यवस्थामा सुधार हुनुपर्ने बताए। अहिलेको राजनीति परिवर्तन गर्नका लागि युवाको हातमा देशको नेतृत्व जान आवश्यक भएको बताउँदै महामन्त्री थापाले हरेक परिवर्तनमा युवाको अग्रणी भूमिका हुने भएकाले राष्ट्र निर्माणको अभिभारा युवालाई नै दिनुपर्ने धाराणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।