गोकर्ण विष्ट, फाइल तस्बिर
काठमाडौं– नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सत्तारुढ गठबन्धनका दलहरु आफ्नो पार्टी (एमाले)सँग एक्लै चुनाव लड्न डराएको बताएका छन्।
सचिव विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्न जरुरी रहेको दाबी समेत गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए। देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयलाई सुनिश्चित गर्ने उनको भनाइ थियो।
‘देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने हुन्छ। गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लड्न आए भनेपनि नेकपा एमाले सामना गर्न तयार छ,' विष्टले भने, 'नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ। मुलुकको भाग्य र भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी छ।’
सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।