काठमाडौं- प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमले आइतबार दिनको १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आ. व २०७७/७८’ पेस गर्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।