काठमाडौं- बलिउड अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्म ‘झुण्ड’ले प्रदर्शन भएको पहिलो दिन १ करोड ५० लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ। शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिनमा यसको आम्दानी उत्साहजन देखिएको छैन।
बायोग्राफिक स्पोर्टस् विधामा रहेको यो फिल्मलाई दर्शक र समिक्षकहरुले राम्रो प्रतिक्रिया दिएका छन्। तर, फिल्मको व्यापार भने सुस्त गतिमा चलिरहेको छ। फिल्मले पहिलो सप्ताहान्तसम्ममा व्यापार बढाउने आश गरिएको छ।
नागराज मञ्जुलेको निर्देशनमा बनेको यो फिलमलाई टि सिरिज र ताण्डप फिल्मस् इन्टरटेनमेन्ट प्रालीले संयुक्त रुपमा निर्माण गरेको छ। फिल्ममा अमिताभसँगै रिन्कु राजगुरु, आकाश थोसार, भिक्की कदैनलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।