काठमाडौं- केही दिनयता मनोरञ्जन नगरीमा बलिउड अभिनेता सलमान खान र अभिनेत्री सोनाक्षी सिन्हाको विवाह केही दिन यता चर्चामा छ।
सामाजिक सञ्जालमा उनीहरुको विवाह भएको भन्दै तस्बिरहरु भाइरल भइरहेका छन्।
यो विषयलाई लिएर अभिनेत्री सोनाक्षीले आफ्नो प्रतिक्रिया दिएकी छन्। उनले आफ्नो विवाहको हल्ला र विवाहको तस्बिरबारे प्रतिक्रिया दिँदै यी तस्बिरहरुमा विश्वास गर्नेहरु ‘मूर्ख’ भएको बताएकी छन्। उनले भनेकी छन्, ‘तपाईंहरु ‘मूर्ख’ हो, जो रियल र फोटोसप गरिएको तस्बिरमा फरक थाहा पाउन सक्नुहुन्न।’
सोनाक्षीले सामाजिक सञ्जालमा देखिएको एक विवाहको तस्बिरमाथि यो प्रतिक्रिया दिएकी हुन्। उनले प्रतिक्रियासँगै आफू हासेको पनि बताएकी छन्। यो विषयमा हालसम्म सलमान भने चुपचाप रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।