काठमाडौं- अभिनेता तथा निर्देशक दीपकराज गिरिले पल शाह प्रकरणमा जोडिएकी बालिकालाई यहाँसम्म पुर्याएकोमा गर्व गर्दैगर्दा उनको अन्य स्वभावको पनि जिम्मा लिनुपर्ने बताएका छन्।
हाल सञ्चारमाध्यममा ब्वाइफ्रेन्डहरु राख्ने, षड्यन्त्र गर्ने कुरा आइरहेको बताउँदै उनले भनेका छन्, 'त्यो चाहिँ गाउँबाटै सिकेर आएकी थिइन् कि कसो? यस्को जिम्मा चाहिँ हामीले लिने कि नलिने?'
उनले ती बानी पहिलेदेखिकै हुन् वा यही क्षेत्रमा आएपछि बनेका हुन् भनेर समेत प्रश्न गरेका छन्। घरमा छोरो फर्स्ट हुँदा 'मेरो छोरो' भन्ने तर अरुलाई पिटेर आउँदा 'तेरो' भनेर पन्छाउने प्रवृत्तिको उपज भनेका छन्।
उनले थप प्रष्ट पारेका छन्, 'उनी आज जे बनिन्, त्यसमा हाम्रो सहयोग थियो भने उनले आज जे भोगिरहेकि छिन्, त्यसमा पनि हाम्रो क्षेत्र हाम्रै संगत, हाम्रै वातावरणको दोष छ कि छैन?'
गिरीले उनले भोगिरहेका कुरामा आफूलाई पनि दोषी ठानेको बताउँदै कसरी आफूले फिल्ममा अवसर दिएको भन्ने स्मरण समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।