काठमाडौं– आफूविरुद्ध गालीगलौज भएको भन्दै अभिनेत्री रेखा थापाले प्रहरीको साइबर ब्यूरोमा जोहरी दिएकी छिन्। नायिका थापाको तर्फबाट उनकी दिदी तारा थापाले जोहरी दिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए।
कलाकार पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेपछि नाबालिगको पक्षमा थापाले बोलेकी थिइन्। त्यसपछि शाहका सर्मथकले उनीवरुद्ध गालीगलौज गर्नुका साथै 'ए वान मिडिया'ले समेत असभ्य टिप्पणी गरेको भन्दै जोहरी परेको छ।
'ए वान मिडिया'को बारेमा अनुसन्धान अघि बढाइने ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।