काठमाडौं- नेकपा माओवादी केन्द्रको शुक्रबारको बैठक सकिएको छ। अर्को बैठक पर्सि आइतबार बस्ने नेता देव गुरुङले जानकारी दिए। भोलि गृहकार्य गरिने उनको भनाइ छ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए। प्रचण्डले एमसीसी लगायत पछिल्ला घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए। त्यसपछि श्रेष्ठले एमसीसीमै केन्द्रित भएर धारणा राखेका थिए।
आज बिहान ११ बजे सुरु हुने भनिएको बैठक दिउँसो १ बजे सुरु भएको थियो। बैठकले छलफलका लागि ६ वटा बुँदामा अजेन्डा तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।