काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको टिप्पणी गरेका छन्।
शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकमा नेता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी छाडेर जा भनेको भन्दै असन्तुष्टि पोखे।
'अध्यक्षले पार्टी छोडेर जा भनेर भन्नुहुन्थ्यो, त्यो कसरी र किन भन्नु भयो थाहा छैन' बैठकमा नेता श्रेष्ठको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'एमसीसीका विषयमा मैले असहमति राखेको छु। त्यो ब्याख्यात्मक घोषणा संशोधन नभइ जस्ताको त्यस्तै पारित हो।'
नेकपा माओवादी केन्द्रको गत पुसमा सम्पन्न ८ औं महाधिवेशनले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने निर्णय गरेको भए पनि पार्टी नेतृत्वले व्याख्यात्मक घोषणाका नाममा जस्ता तस्तै पास गरेको उनको आरोप थियो।
एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नेताहरुलाई अध्यक्ष प्रचण्डले पार्टी छाडेर जानू भनेको भन्दै उनीहरु असन्तुष्ट रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।