काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध भएपछि त्यसको बचाउ गरेका छन्।
शुक्रबार माओवादीको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने बताए। बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले एमसीसी संसद्बाट अनुमोदन भएसँगै अब सत्ता गठबन्धन आगामी चुनावसम्म नै जाने निश्चित भएको समेत बताएका हुन्।
‘एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको असमझदारी अत्य भएको छ, अब यो गठबन्धन चुनावसम्म नै जान्छ,’ उनले बैठकमा भने।
‘हिजो हामीले गठबन्धनको सरकार बनाउँदा ल्याएको नीति तथा कार्यक्रममा एमसीसी राखिएको थिएन,’ उनले भने, ‘तर, क्रमशः त्यो विषय गठबन्धनभित्र नै चर्चाको विषय बन्यो। एमसीसी अनुमोदन नभएको भए फेरि प्रतिगमनका मतियार सलबलाउने सम्भावना थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।