काठमाडौं- महाधिवेशनपछि सुरु भएको नेकपा माओवादी केन्द्रको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी अनुमोदन लगायतको विषय समेटेर बैठकमा रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ।
एमसीसीको विषयमा पार्टीभित्र विवाद बढेकाले त्यसविषयमा पार्टी अध्यक्षले बैठकमा ब्रिफिङ गर्न लागेका हुन्। त्यस्तै बैठकमा एजेन्डाका रुपमा नै एमसीसी राखिएको छ।
व्याख्यात्मक घोषणा मार्फत् प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भइसकेको छ। यस विषयमा पार्टीभित्र नै मतभेद देखिएपछि केन्द्रीय समितिको बैठकमा एजेन्डाकै रुपमा राखेर छलफल गर्न लागिएको हो।
त्यस्तै केन्द्रीय समितिको बैठकमा संगठनात्मक काम बारे पनि एजेन्डा राखिएको छ। जस अन्तर्गत केन्द्रीय समितिमा थप गर्ने बारे, पदाधिकारी चयन, स्थायी र पोलिटब्यूरो गठन गर्ने विषय पनि समावेश गरिएको छ। त्यस्तै नेताहरुको कार्यविभाजनको बारेमा पनि बैठकले छलफल गरेर निर्णय गर्ने बताइएको छ। त्यस्तै स्थानीय तहको निर्वाचनको तयारीका बारेमा पनि पार्टीको केन्द्रीय समिति बैठकको एजेन्डाका रुपमा रहेको ती केन्द्रीय सदस्यले जानकारी दिए।
बैठकमा अन्य विविध एजेन्डासमेत समावेश गरिएका छन्। नेकपा मसाल सम्पर्क केन्द्रसँगको एकताको बाँकी काम बारे पनि छलफल हुनेछ। भने नागरिकता लगायत महत्वपूर्ण विधेयक संसद्मा अघि बढ्न नसकेका बारेमा पनि केन्द्रीयसमितिमा छलफल गरेर सरकार र दलहरुलाई यस बारे ध्यानाकर्षण गराउने विषयमा पनि छलफल हुनेछ।
यी हुन् बैठकका अजेण्डा
१) श्रद्धान्जली
२) रिर्पोटिङ
क) अध्यक्षबाट रिर्पोटिङ
ख) एमसीसीबारे
३) संगठन
क) केन्द्रीय सदस्य थप
ख) पोलिट ब्युरो
ग) स्थायी कमिटी, पदाधिकारी
४) कार्यविभाजनबारे
५) स्थानीय निर्वाचनबारे
६) विविध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।