काठमाडौं- नेकपा माओवादी केन्द्रको बैठक दुई घन्टाका लागि सरेको छ।
शुक्रबार बिहान ११ बजेका लागि बस्ने तय भएको बैठक दिउँसो १ बजे बस्ने भएको हो। आन्तरिक तयारी नपुगेको भन्दै दुई घन्टाका लागि बैठक सारिएको हो।
नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले बैठक दिउँसो १ बजेका लागि सरेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।