चितवन–नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस चितवनमा मतदान सुरु भएको छ।
१४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि शुक्रबार बिहानबाट मतदान सुरु भएको हो। नारायणगढको नारायणीकला मन्दिरमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो।
जिल्ला सभापतिका लागि पाँच जना चुनावी मैदानमा छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट मिलनबाबु श्रेष्ठ र संस्थापन इतरपक्षबाट चार जनाले उम्मेदवारी दिएका छन्।
संस्थापन इतरमाबाट उत्तम जोशी, राजेश्वर खनाल, डा सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन्। जोशी वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन्। सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुनेछ।
दुई जना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। दुई सचिवका लागि आठ जना र दुई सहसचिवका लागि १० जनाले उम्मेदारी दिएका छन्।
४१ कार्यसमिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन्। महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।