फाइल तस्बिर
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । राष्ट्रिय सभा गृहमा बस्ने बैठक २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए। एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो।
‘केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको छ। केही दिन लम्बिन सक्छ,’ ढकालले भने, ‘बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्छ। अरु आवश्यकता अनुसार थपिन सक्छ।’
एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ। त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन्।
पार्टीको आठौ महाधिवेशन विपरित गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन्। त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।