काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले मताधिकार भएका तर प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने अधिकार तत्काल सुनिश्चित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकलले पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै केन्द्रीय कार्य समितिमा २५१ सदस्य नबढ्ने गरी केन्द्रीय कार्य समितिको सदस्य र आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरेको छ।
साथै, निर्देशन समिति, कार्य सम्पादन समिति र सल्लाहकार समिति गठन गर्ने सम्बन्धमा पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरुको परामर्शमा अध्यक्षले मनोनित गर्ने गरी केन्द्रीय कार्य समितिको बैठकले अधिकार प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुखका मोहन श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।