काठमाडौं– अमेरिकी अनुदान सहायता सम्झौता (एमसीसी) संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा देखिएको मतभेदले पार्टी विभाजन गर्ने अवस्थामा पुगिएका भनिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल जारी रहेको बताएका छन्।
पार्टीभित्र देखिएको मतभेद र अन्तर्विरोधलाई लिएर सञ्चारमाध्यममा आएका विभिन्न खाले प्रचारलाई 'अतिरञ्जित ढंगले' नबुझ्न श्रेष्ठले अपिल समेत गरेका छन्।
पार्टीमा देखिएको मतभेदका सन्दर्भमा अध्यक्ष प्रचण्डसहित अन्य नेतृत्वदायी नेताहरुसँग पनि छलफल भइरहेको श्रेष्ठको भनाइ छ।
'हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्विरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत् विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु,' श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, 'अध्यक्ष क. प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।