काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि र कमीकमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अडाडि बढाउने बताएका छन्।
राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरु भएकोले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए।
सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडिग जाने बताउँदै थापाले परिवर्तनपश्चात् मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जवर्जस्ति अगाडी बढाइएकोले संकटको दलदलमा भासिएको तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।