काठमाडौं- नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट निर्वाचित भएका छन्।
बिहीबार भएको दोस्रो चरणमा भएको मतदानमा उनी प्रकाश बमलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
सभापति भट्टले एक हजार ३ सय ५९ मत पाए भने बमले एक हजार ५६ मत ल्याए। यसअघि भएको पहिलो चरणको निर्वाचणमा बमले भट्टभन्दा बढी मत पाएका थिए।
पहिलो चरणको मतदानमा बमले एक हजार १ सय ६९ र भट्टले एक हजार ७२ र अर्का उम्मेदवार रामबहादुर कलेलले एक सय ९७ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।