• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२१ दिने आईजी बन्न सशस्त्रमा एकै जिल्लाका दुई एआईजी प्रतिस्पर्धामा

यही बढुवासँगै लाग्नेछ त्यसपछिका ६ वर्ष आईजी बन्नेको टुंगो !
64x64
नारायण अधिकारी बिहीबार, फागुन १९, २०७८  १७:५५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल आउँदो चैत २८ गते सेवानिवृत्त हुँदैछन्। सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख भएको आईजीको चार वर्षे पदावधिका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन्। 

खनाल निवृत्त हुने समय करिब डेढ महिना मात्रै बाँकी रहँदा उनीपछि सशस्त्र प्रहरीको महानिरीक्षक को बन्ने भन्ने दौडधुप सुरु भइसकेको छ। सशस्त्रमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का दुई दरबन्दी छन्। ती दुई दरबन्दीमा एआईजीद्वय पुष्पराम केसी कार्य तथा सीमा विभाग र रामशरण पौडेल मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत छन्।

आईजी खनाल चैत २८ गते निवृत्त हुँदा यी दुई एआईजी ३० वर्षे सेवा अवधिका कारण सेवामै रहन्छन्। खनालपछि उनीहरुमध्ये एक जना आईजी बन्ने छन्। उनीहरु दुवैजना सेवा प्रवेश गरेको आउँदो वैशाख १८ गते ३० वर्ष पुग्छ। जसकारण उनीहरु दुईमध्ये जो आईजी भए पनि जम्माजम्मी २१ दिन मात्रै जिम्मेवारी सम्हाल्न पाउँछन्। 

त्यही २१ दिने आईजी बन्न केसी र पौडेल अहिले दौडधुपमा लागेका छन्। उनीहरु दुवैलाई जम्माजम्मी २१ दिने आईजी बन्ने बाटो भने केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाखमै खोलिदिएको थियो। सशस्त्र प्रहरी नियमावलीको दफा ६५ (ग) अनुसार एआईजीको पदावधी चार वर्षको हुन्छ। तर, (ग) को उपखण्ड (२) मा भने सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एक वर्ष पदावधि थप्न सक्ने (जम्मा पाँच वर्ष) उल्लेख छ। सोही उपखण्ड अनुसार ओली नेतृत्वको सरकारले गत वैशाख १३ गते एआईजीमा चार वर्षे कार्यकाल बिताइसकेका केसी र पौडेलको पदावधि एक/एक वर्ष थप गरिदिएको थियो। त्यहीँबाटै उनीहरुको २१ दिने आईजी बन्ने बाटो खुलेको हो। नभए उनीहरु गत (२०७८) वैशाखमै सेवानिवृत्त भइसक्थे। 

ओली नेतृत्वको सरकारले एक वर्षे पदावधि थप गरेका दुवै एआईजी ‘एमालेनिकट’ मानिन्छन्। जानकार स्रोत भन्छ, ‘एमालेका उच्च तहका नेतासँग उनीहरु दुवैको राम्रो सम्बध भएकाले एक वर्ष पदावधि थप भएको हो। नत्र २१ दिने आईजी बन्न सक्ने अवस्थालाई बिचार गरेर पदावधि थप नहुन पनि सक्थ्यो।’

अर्को संयोग त कस्तो छ भने उनीहरु दुवैजना एकै जिल्लाबासी, नुवाकोटका हुन्। नुवाकोटकै एमाले नेता विष्णु रिमालसँग उनीहरुको निकट सम्बन्ध रहेको मानिन्छ।

उनीहरुमध्ये एक जना आईजी नियुक्त भएसँगै सशस्त्रमा त्यसपछिका आईजीको समेत टुंगो लाग्नेछ। किनभने केसी र पौडेलमध्ये एक जना आईजी नियुक्त हुनसाथ एआईजीको एक पद रिक्त हुन्छ। त्यसरी रिक्त हुने पदमा बढुवा गर्ने कार्य थप पेचिलो बन्ने देखिन्छ।  सशस्त्र प्रहरी नियमावलीले नेपाल प्रहरीमा जस्तो एआईजी र एआईजी नभएको अवस्थामा डीआईजीबाट सोझै आईजी नियुक्त गर्ने बाटो दिएको छैन। 

नियमावलीको दफा ५३ मा आईजीमा बढुवाबारे उल्लेख छ। जहाँ लेखिएको छ– ‘सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा उपयुक्त देखेको उम्मेद्वारलाई बढुवा गर्नेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

दफा ५३ मा एआईजी नभएको अवस्थामा डीआईजीबाट पनि आईजी नियुक्त गर्न सकिने व्यवस्था नगरिएकाले सरकारले २१ दिने आईजीको टुंगो लगाएसँगै रिक्त एक एआईजी पदमा पनि बढुवा गर्नुपर्ने छ। रिक्त त्यही पदमा बढुवा हुने व्यक्ति नै त्यसपछि आईजी नियुक्त हुने निश्चित जस्तै हुनेछ। 

चैत २८ पछि रिक्त हुने एक एआईजी पदमा बढुवाका लागि तीन डीआईजी (राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश (सीपी) गौतम)बीच तीब्र प्रतिस्पर्धा सुरु भइसकेको छ। सशस्त्रमा १६ डीआईजीको दरबन्दी भए पनि सिनियर यी तीन नै भएकाले उनीहरुबीच भावी आईजीको लागि एआईजी बन्ने तीब्र ‘लविइङ’ सुरु भइसकेको छ।

उनीहरुमध्ये वरीयतामा पहिलो नम्बरमा अर्याल, दोस्रोमा पौडेल र तेस्रोमा गौतम छन्। अर्याल र पौडेल २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। गौतम भने उनीहरुभन्दा दुई वर्षअघि २०५२ चैत ३ गते नेपाली सेनामा भर्ना भएका थिए। सशस्त्र प्रहरी बल गठन हुँदा उनीहरु यता समायोजन भएका थिए। 

वरीयतामा पहिलो नम्बरमा रहेका अर्याल आउँदो चैत २८ पछि एआईजीमा बढुवा भएमा त्यसको तीन सातापछि, २०७९ वैशाख १८ गते आईजी नियुक्त हुनेछन्। त्यसो हुँदा उनी पूरै चार वर्ष सशस्त्रको नेतृत्वमा रहनेछन्। ३० वर्षे सेवा अवधि २०८४ सालमा पुग्ने भए पनि आईजीको चार वर्षे पदावधिका कारण उनले २०८३ वैशाखमा अनिवार्य अवकाश पाउनेछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्यालको साटो सरकारले दोस्रो वरीयतामा रहेका पौडेललाई पहिले एआईजी नियुक्त गरेमा उनी आईजी नियुक्त हुनेछन्। तर, अर्याल नै एआईजीमा बढुवा भएमा भने उनी वैशाख १८ पछि एआईजी बन्नेछन्। 

त्यसो हुँदा एआईजीमा पौडेलको पदावधि चार वर्ष हुनेछ। थप एक वर्ष पदावधि थपिएमा अर्यालपछि उनको पनि आईजी बन्ने सम्भावना कायमै रहनेछ। पौडेल २०५४ का ब्याची भएकाले २०८३ वैशाखबाट २०८४ चैत १८ सम्म करिब दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्वमा रहनसक्छन्। उनीसँगै एआईजीमा बढुवा हुने गौतम भने २०५२ को भर्ना भएकाले एआईजीका रुपमा तीन वर्ष पूरा गरेर स्वतः अवकाशमा जानेछन्। 

गौतम अवकाशमा गएपछि २०७६ माघ १४ मा डीआईजी भएका वंशिराज दाहाल र किशोर प्रधानमध्ये एकजना एआईजीमा बढुवा हुनेछन्। उनीहरुसँगै डीआईजी भएका कृष्णभक्त ब्रह्मचार्य, हरिशंकर बुढाथोकी र राजेन्द्र बस्नेत अनिवार्य अवकाशमा गइसकेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्