• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२१ दिने आईजी बन्न सशस्त्रमा एकै जिल्लाका दुई एआईजी प्रतिस्पर्धामा

यही बढुवासँगै लाग्नेछ त्यसपछिका ६ वर्ष आईजी बन्नेको टुंगो !
64x64
नारायण अधिकारी बिहीबार, फागुन १९, २०७८  १७:५५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल आउँदो चैत २८ गते सेवानिवृत्त हुँदैछन्। सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख भएको आईजीको चार वर्षे पदावधिका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन्। 

खनाल निवृत्त हुने समय करिब डेढ महिना मात्रै बाँकी रहँदा उनीपछि सशस्त्र प्रहरीको महानिरीक्षक को बन्ने भन्ने दौडधुप सुरु भइसकेको छ। सशस्त्रमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का दुई दरबन्दी छन्। ती दुई दरबन्दीमा एआईजीद्वय पुष्पराम केसी कार्य तथा सीमा विभाग र रामशरण पौडेल मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत छन्।

आईजी खनाल चैत २८ गते निवृत्त हुँदा यी दुई एआईजी ३० वर्षे सेवा अवधिका कारण सेवामै रहन्छन्। खनालपछि उनीहरुमध्ये एक जना आईजी बन्ने छन्। उनीहरु दुवैजना सेवा प्रवेश गरेको आउँदो वैशाख १८ गते ३० वर्ष पुग्छ। जसकारण उनीहरु दुईमध्ये जो आईजी भए पनि जम्माजम्मी २१ दिन मात्रै जिम्मेवारी सम्हाल्न पाउँछन्। 

त्यही २१ दिने आईजी बन्न केसी र पौडेल अहिले दौडधुपमा लागेका छन्। उनीहरु दुवैलाई जम्माजम्मी २१ दिने आईजी बन्ने बाटो भने केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाखमै खोलिदिएको थियो। सशस्त्र प्रहरी नियमावलीको दफा ६५ (ग) अनुसार एआईजीको पदावधी चार वर्षको हुन्छ। तर, (ग) को उपखण्ड (२) मा भने सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एक वर्ष पदावधि थप्न सक्ने (जम्मा पाँच वर्ष) उल्लेख छ। सोही उपखण्ड अनुसार ओली नेतृत्वको सरकारले गत वैशाख १३ गते एआईजीमा चार वर्षे कार्यकाल बिताइसकेका केसी र पौडेलको पदावधि एक/एक वर्ष थप गरिदिएको थियो। त्यहीँबाटै उनीहरुको २१ दिने आईजी बन्ने बाटो खुलेको हो। नभए उनीहरु गत (२०७८) वैशाखमै सेवानिवृत्त भइसक्थे। 

ओली नेतृत्वको सरकारले एक वर्षे पदावधि थप गरेका दुवै एआईजी ‘एमालेनिकट’ मानिन्छन्। जानकार स्रोत भन्छ, ‘एमालेका उच्च तहका नेतासँग उनीहरु दुवैको राम्रो सम्बध भएकाले एक वर्ष पदावधि थप भएको हो। नत्र २१ दिने आईजी बन्न सक्ने अवस्थालाई बिचार गरेर पदावधि थप नहुन पनि सक्थ्यो।’

अर्को संयोग त कस्तो छ भने उनीहरु दुवैजना एकै जिल्लाबासी, नुवाकोटका हुन्। नुवाकोटकै एमाले नेता विष्णु रिमालसँग उनीहरुको निकट सम्बन्ध रहेको मानिन्छ।

उनीहरुमध्ये एक जना आईजी नियुक्त भएसँगै सशस्त्रमा त्यसपछिका आईजीको समेत टुंगो लाग्नेछ। किनभने केसी र पौडेलमध्ये एक जना आईजी नियुक्त हुनसाथ एआईजीको एक पद रिक्त हुन्छ। त्यसरी रिक्त हुने पदमा बढुवा गर्ने कार्य थप पेचिलो बन्ने देखिन्छ।  सशस्त्र प्रहरी नियमावलीले नेपाल प्रहरीमा जस्तो एआईजी र एआईजी नभएको अवस्थामा डीआईजीबाट सोझै आईजी नियुक्त गर्ने बाटो दिएको छैन। 

नियमावलीको दफा ५३ मा आईजीमा बढुवाबारे उल्लेख छ। जहाँ लेखिएको छ– ‘सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा उपयुक्त देखेको उम्मेद्वारलाई बढुवा गर्नेछ।’

Ncell 2
Ncell 2

दफा ५३ मा एआईजी नभएको अवस्थामा डीआईजीबाट पनि आईजी नियुक्त गर्न सकिने व्यवस्था नगरिएकाले सरकारले २१ दिने आईजीको टुंगो लगाएसँगै रिक्त एक एआईजी पदमा पनि बढुवा गर्नुपर्ने छ। रिक्त त्यही पदमा बढुवा हुने व्यक्ति नै त्यसपछि आईजी नियुक्त हुने निश्चित जस्तै हुनेछ। 

चैत २८ पछि रिक्त हुने एक एआईजी पदमा बढुवाका लागि तीन डीआईजी (राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश (सीपी) गौतम)बीच तीब्र प्रतिस्पर्धा सुरु भइसकेको छ। सशस्त्रमा १६ डीआईजीको दरबन्दी भए पनि सिनियर यी तीन नै भएकाले उनीहरुबीच भावी आईजीको लागि एआईजी बन्ने तीब्र ‘लविइङ’ सुरु भइसकेको छ।

उनीहरुमध्ये वरीयतामा पहिलो नम्बरमा अर्याल, दोस्रोमा पौडेल र तेस्रोमा गौतम छन्। अर्याल र पौडेल २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। गौतम भने उनीहरुभन्दा दुई वर्षअघि २०५२ चैत ३ गते नेपाली सेनामा भर्ना भएका थिए। सशस्त्र प्रहरी बल गठन हुँदा उनीहरु यता समायोजन भएका थिए। 

वरीयतामा पहिलो नम्बरमा रहेका अर्याल आउँदो चैत २८ पछि एआईजीमा बढुवा भएमा त्यसको तीन सातापछि, २०७९ वैशाख १८ गते आईजी नियुक्त हुनेछन्। त्यसो हुँदा उनी पूरै चार वर्ष सशस्त्रको नेतृत्वमा रहनेछन्। ३० वर्षे सेवा अवधि २०८४ सालमा पुग्ने भए पनि आईजीको चार वर्षे पदावधिका कारण उनले २०८३ वैशाखमा अनिवार्य अवकाश पाउनेछन्। 

अर्यालको साटो सरकारले दोस्रो वरीयतामा रहेका पौडेललाई पहिले एआईजी नियुक्त गरेमा उनी आईजी नियुक्त हुनेछन्। तर, अर्याल नै एआईजीमा बढुवा भएमा भने उनी वैशाख १८ पछि एआईजी बन्नेछन्। 

त्यसो हुँदा एआईजीमा पौडेलको पदावधि चार वर्ष हुनेछ। थप एक वर्ष पदावधि थपिएमा अर्यालपछि उनको पनि आईजी बन्ने सम्भावना कायमै रहनेछ। पौडेल २०५४ का ब्याची भएकाले २०८३ वैशाखबाट २०८४ चैत १८ सम्म करिब दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्वमा रहनसक्छन्। उनीसँगै एआईजीमा बढुवा हुने गौतम भने २०५२ को भर्ना भएकाले एआईजीका रुपमा तीन वर्ष पूरा गरेर स्वतः अवकाशमा जानेछन्। 

गौतम अवकाशमा गएपछि २०७६ माघ १४ मा डीआईजी भएका वंशिराज दाहाल र किशोर प्रधानमध्ये एकजना एआईजीमा बढुवा हुनेछन्। उनीहरुसँगै डीआईजी भएका कृष्णभक्त ब्रह्मचार्य, हरिशंकर बुढाथोकी र राजेन्द्र बस्नेत अनिवार्य अवकाशमा गइसकेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्