काठमाडौं– बलिउडकै चर्चित क्रुज ड्रग मुद्दाको बारेमा नयाँ खुलासा भएको छ। भारतको नारकोटिक्स कट्रोल ब्यूरो (एनसीबी)ले गरेको अनुसन्धानमा उक्त मुद्दामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानविरुद्ध कुनै पनि किसिमको संलग्नता नरहेको खुलासा भएको छ।
एनसीबीअन्तर्गतको विशेष अनुसन्धान ब्यूरो (एसआइटी)ले आर्यन कुनै पनि अन्तराष्ट्रिय लागुऔषध तस्करी कार्टेलसँग सम्बन्ध नभएको खुलासा गरेको हो।
भारतको पत्रिका हिन्दुस्तान टाइम्सले उक्त मुद्दामा आर्यनको विरुद्धमा कुनै पनि किसिमको संलग्नता नभएको खुलासा गरेको छ। टाइम्सको उक्त रिपोर्टपछि एनसीबीका निर्देशक तथा आर्यनविरुद्धको अनुसन्धानका अनुसन्धाकर्ता समीर वानखेडेविरुद्ध थुप्रै प्रश्नहरु उठेका छन्।
विशेष अनुसन्धान ब्यूरोको अनुसन्धानमा छापा मारिएको जहाजको विषयमा पनि कैयौं अनियमितता भेटिएका छन्। भारतको महाराष्ट्र राज्यका अल्पसंख्यक विकास मन्त्री तथा नेता नवाब मलिकले एनसीबीमाथि प्रश्न उठाएपछि गठन भएको विशेष अनुसन्धान ब्यूरोको अनुसन्धानमा जहाजमा भएको छापा र त्यसपछिको अनुसन्धानमा अनियमितताहरु पाइएको हो। उक्न अनुसन्धानबाटै शाहरुखका छोराविरुद्ध कुनै पनि प्रमाण नभएको खुलेको छ।
गत वर्ष अक्टोबरमा भारतको मुम्बईस्थत ग्रीन गेटमा एक जहाजमा छापा मारेर शाहरुखका छोरा आर्यनलाई लागुऔषध मुद्दामा गिरफ्तार गरिएको थियो। उनीसँगै यो मुद्दामा १७ जना गिरफ्तार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।