काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाले प्रमुख प्रतिपक्षी नेकपा एमाले गरिरहेको संसद अवरोध राष्ट्रिय चुनौती भइसकेको बताएका छन्।
बिहीबार ट्वीट गर्दै पूर्वसभामुख ढुंगानाले यस्तो गैर-लोकतान्त्रिक आचरणको निदान दिनसक्ने स्थितिमा संविधान नदेखिएको उल्लेख गरेका छन्।
एमालेभित्रै संसद अवरोध अति नै भयो भन्ने मत प्रशस्तै हुनुपर्ने उनले उल्लेख गरेका छन्।
'संसद अवरोध अति नै भयो भन्ने मत एमाले भित्रै प्रशस्तै हुनुपर्दछ। तर, अवरोध खुलाउन सक्ने कोही देखा परेन्' उनले भनेका छन्।
अवरोध जारी रहँदा नेपालमा ‘ओम बड स्म्यान’ सरह अवरोध निरोधक कानुन जरुरी भइसकेको उनको धारणा छ।
'यो अवरोध राष्ट्रिय चुनौति भइसकेको छ, जुन गैर–लोकतान्त्रिक आचरणको निदान दिन सक्ने स्थितीमा संविधान देखिन्न । हामी कहाँ पनि ‘ओम बड स्म्यान’ सरह अवरोध निरोधक कानून जरुरी भइसक्यो' ढुंगानाले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।