काठमाडौं- नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले माधव कुमार नेपालको हालत ०५४ मा वामदेवको जस्तै हुने टिप्पणी गरेका छन्।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘०५४ मा वामदेवको जे हालत छ त्यही माधव नेपालको हुने वाला छ अहिले फुरफुर गरिरहेका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसले बोकेसम्म चुरीफुरी हो। यो गठबन्धन धेरै टिक्ने वाला छैन।’
उनले नेकपा एमाले रातो घोडा भएको भन्दै जति मिलेर आए पनि एमाले पराजित गर्न तयार रहेको पनि बताए।
उनले एमसीसीलाई एकदिन अघि राष्ट्रघाती देखेका प्रचण्ड र नेपालले अर्कोदिन राष्ट्रवादी रुपमा प्रस्तुत भएका भन्दै आफ्ना कार्यकर्ता सडकमा उतारेर सुर्खेतमा एमालेको पार्टी कार्यालयमा आगजनी गर्ने काम भएको बताए।
उनले आफू सञ्चारमन्त्री हुँदा सञ्चार क्षेत्रको विकासका लागि महत्वपूर्ण काम गर्न खोज्दा विरोध भएको भन्दै अहिले त्यसका समस्या सञ्चार क्षेत्रमा देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।