काठमाडौं– बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले बुधबार एक सूचना जारी गर्दै बैठकबारे जानकारी गराएको हो।
करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।
यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी अनिश्चितकालका लागि स्थगित भएको सचिवालयले जनाएको थियो। प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।