काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल एमालेप्रति इंगित गर्दै कुबुद्धि हटेपछि मात्रै संसद्को अवरोध अन्त्य हुने बताएका छन्।
उनले सत्तापक्षले संसद् सञ्चाल गराउन टुनामुना गरिरहे पनि सफल हुन नसकेको बताए। बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा अध्यक्ष नेपालले नेकपा एमालेले संसद् अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाए। उनले आउने चुनावमा यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए।
‘जहिले कुबुद्धि सप्रिन्छ, तैले अवरोध अन्त्य हुन्छ। सत्ता पक्षले धेरै टुनामुना लगाइरहेको छ, काम लागेको छैन। यसले झनै आफ्नो प्र्रतिष्ठा खस्काएको छ। लोकतान्त्रिक प्रतिवद्धताको प्रश्न खडा गरेको छ। जनताको विश्वासप्रति घात गर्ने काम भएको छ। यसको मूल्य उहाँले आउने चुनावमा तिर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।