काठमाडौं– पूर्वमिस नेपाल तथा मोडल श्रृङ्खला खतिवडाले पल शाह प्रकरणमा आफ्नो धारणा दिएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको भन्दै पीडितलाई कुनै पनि किसिमको आरोप लगाउन नहुने बताएकी छिन्।
‘नाबालिगसँग यौन सम्बन्ध हुनु अपराध हो, यसमा ‘यदि’ वा ‘तर’ भन्ने कुरै आउँदैन,’ श्रृङ्खलाले लेखेकी छिन्, ‘पीडितलाई कसैले पनि आरोप नलगाउनुस्। ‘उसले नै चाहेर भएको हो’ भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ। नाबालिगले ‘अनुमति’दिएमा पनि वयस्कको कर्तव्य ‘नाइँ’भन्नु हो।’
उनले पलको मुद्दामा बालिका कुनै पनि निर्णय गर्न वा अनुमति दिनमा कम उमेरको भएको बताएकी छिन्। सँगै पल शाह बढी उमेरको भएको र उमेर, शक्ति र निर्णयकै आधारमा पनि उनले गैरकानुनी काम गरेको खतिवडाले बताएकी छिन्।
‘धेरै साना बालिकाहरुले आज आफूभन्दा ठूलासँग यौन सम्बन्ध राखिरहेका हुन्छन्। जसले उनीहरुको जीवनमा ठूलो दाग बनाइदिन्छ,’ श्रृङ्खलाले भनेकी छिन्, ‘त्यसैले यो कानुन छन्, जसले कम उमेरका युवती (र, युवक)हरुको दुरुपयोग हुनबाट जोगाउँछ।’
उनले यो घट्नाले सबैमा चेतना र पाठ जगाउनुपर्ने पनि उल्लेख गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।